Logo
२० बैशाख २०८१, बिहीबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी नेता वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन प्रस्थान गरेका हुन् ।

नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन गएका छन् ।पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो ।

स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएको १३ असोजमा थाइल्यान्डको बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो ।

दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।

स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए ।स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् ।

पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्