Logo
२० बैशाख २०८१, बिहीबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय समिति बैठकअघि पौडेल समूहको छुट्टै छलफल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरूको छुट्टै बैठक बोलाएका छन् ।आफ्नै निवास बोहराटारमा आज शुक्रबार बिहान पौडेलले आफू पक्षका नेतालाई बैठकमा बोलाएका हुन् ।

बैठकमा केन्द्रीय सदस्य शशाङ्क कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरू सहभागी छन् ।कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ ।

सो बैठकमा चुनावमा उम्मेदवारहरूलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदै छ ।

तिनै विषयमा आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरूको बैठक बसालेको उनी निकट एक नेताले बताए ।

 

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्