Logo
२० बैशाख २०८१, बिहीबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज, यस्ता छन् एजेन्डा !

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ ।

साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । त्यस्तै, कांग्रेस विधान अनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन् ।

केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो । कांग्रेसले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ ।

केन्द्रीय समिति बैठक बस्नुपूर्व नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकेका छन् ।

देउवाले रिक्त रहेका भातृ संस्थाका नेतृत्वमध्ये नेविसंघ र तरूण दलमा अध्यक्ष पनि तोकेका छन् । यता, केन्द्रीय समिति बैठक बस्नुपूर्व धारणा बनाउन रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूको भेला राखेका छन् । यसअघि शेखर कोइराला पक्षको पनि भेला भएको थियो ।

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्