Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्न एमालेले चुनाव जित्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताएका छन् ।

बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताएका हुन् ।

साथै ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए । ‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने ।

अहिले लोकतन्त्र र प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको अध्यक्ष ओलीले बताए ।ओलीले भने, ‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धिहरूको रक्षा हुने कि नहुने भन्ने मुख्य कुरा हो । सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ । त्यो सबै गर्न चुनाव जित्नुपर्छ । ’

प्रकाशित मिति: Mar 23, 2022

प्रतिक्रिया दिनुहोस्