Logo
१५ बैशाख २०८१, शनिबार
(March 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको दुर्घटनाग्रस्त विमानमा सवार १३२ जना यात्रुको मृत्यु भएको पुष्टि

गत सोमबार चीनको दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७-८०० विमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका ह्न् ।

साथै दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि जिवित व्यक्ति फेला नपरेको उद्धारकर्ताहरूले बताएका हुन् ।

चाइना इस्टर्न फ्लाइटको एम.यु.५७३५ विमान गत सोमबार गुआङ्सी प्रान्तको पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो ।दुर्घटनाग्रस्त क्षेत्रको भूगोल अप्ठेरो भएका कारण उद्धारमा कठिनाई आएको हो ।

३ दिनसम्म पनि यात्रुहरुको बारेमा जानकारी नहुँदा यात्रु र चालक दलका परिवारमा अन्योल छाएको थियो ।

प्रकाशित मिति: Mar 23, 2022

प्रतिक्रिया दिनुहोस्