Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते

बागमति प्रदेश स्थित मकवानपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको उक्त दुर्घटनामा परी
दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुवाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका – ६ मा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको रिमालले बताए।

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्