Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाई आज हुने भएको छ ।

गत १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दाअवरुद्ध हुँदै आएका सोही मुद्दाको शुक्रबार बिहान ११ बजे सुनुवाई हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका हुन् ।साथै अन्य मुद्दाका विषयमा पनि छलफल हुने सर्वोच्च अदालतले जनाएको छ ।

अधिवक्ता डा‍. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा गत १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् ।

सोहि रिट निवेदन शुक्रबार पेशीमा चढ्ने भएको छ । सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्यूरी (अदालतका सहयोगी) पठाईदिन आग्रह गर्दै पत्र समेत लेखिसकेको छ ।

यो मुद्दामा दुवै बारबाट २ र२ जनाका दरले एमिकस क्यूरी पठाउनु भनी आदेश समेत भएकोथियो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा संवैधानिक परिषद्बाट संवैधानिक पदाधिकारी नियुक्तिको प्रयास गरेका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलहका कारण त्यसमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएका थिए ।

त्यति बेला प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत ६ जनामध्ये ३ जना संवैधानिक परिषद्का पदाधिकारीले समेत नियुक्तिको सिफारिस गर् नसक्ने व्यवस्था थपे र दुई चरणमा ५२ जना नियुक्त गराए । त्यही नियुक्ति विरुद्धका निवेदनहरु सर्वोच्च अदालतमा विचाराधीन छन् ।

 

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्