Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होलीमा चेकजाँच बढाइयो, बिहानै उपत्यकामा १ सय ६३ सवारी नियन्त्रणमा

ट्राफिक प्रहरीले होलीको दिन उपत्यकामा चेकजाँच बढाएको छ । उपत्यकामा होली मनाउँदा लापरबाही गरेर चलाइएका सवारी साधनलाई प्रहरी नियन्त्रणमा लिएको छ । लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखा स्रोतले जानकारी दिएको छ ।

समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ । तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने एसपी शर्माले बताए ।

काठमाडौं उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ । चार ठाउँमा राडार गनबाट गति निगरानी गरिएको छ । सातदोवाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यबिनायकमा राडारबाट गति निगरानी गरिएको छ ।

सवारी-साधन चेकजाँचका लागी १३ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्