Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सुरक्षा नीतिको ‘मार्गनिर्देशिका पुस्तिका’ कार्यान्वयनमा

प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सुरक्षा तिनीको कार्यान्वयनमा सचिवालयले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा नीति-२०७५ को एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनमा आएको छ ।

’बुधवार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २१ औं वार्षिकोत्सव समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा तिनीको कार्यान्वयनमा सचिवालयले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताएका हुन् ।

‘राष्ट्रिय सुरक्षा नीतिलाई कार्ययोजना बनाएर सम्बन्धित निकायमा पठाइने छ’ प्रधानमन्त्रीले भने–‘राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक छ ।’बुधवार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २१ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले मार्गनिर्देशिका पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले तयार गरेको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनका लागी सम्बन्धित मन्त्रालयमा पठाइने सुरक्षा परिषद्को सचिवालयले जनाएको छ ।

राष्ट्रिय सुरक्षा तिनीको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो । राष्ट्रिय सुरक्षाको दृष्टिले महत्वपुर्ण मानिने पछिल्लो राष्ट्रिय सुरक्षा निती र प्रतिरक्षा निती कार्यान्वयनका लागी आवश्यक कार्ययोजना कार्यान्वयनमा आएको प्रधानमन्त्री देउवाले बताए ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय २०५८ सालमा स्थापना भएको थियो । वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले सिंहदरबार स्थित पुतली बगैँचामा बिरुवा रोपेका छन् ।

 

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्