Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक इजलासद्वारा नागरिकता अध्यादेशविरुद्धको रिट खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।

रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको बताए ।

ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

 

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्