Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता अध्यादेशसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशसम्बन्धी मुद्दा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ ।

९ जेठ २०७८ मा तत्कालीन सरकारले नागरिकता ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । तर संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको भन्दै कानुन व्यवसायीहरुले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै महत्त्वपूर्ण विषयमा संसद् छलेर कानुन बनाउनु उपयुक्त नहुने भन्दै उक्त अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सो मुद्दा बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा तोकिएको छ ।

नागरिकता अध्यादेशको विरोधमा त्यति बेला फरक फरक ६ वटा मुद्दा परेका थिए । सबै मुद्दालाई सँगै राखेर सुनुवाइ तोकिएको छ । यद्यपि बुधबारको संवैधानिक इजलासमा धेरै मुद्दाहरु राखिएको छ । जसले गर्दा नागरिकता विवादमा सुनुवाइ हुने वा नहुने टुङ्गो छैन ।

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्