Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको निवासमा प्रकाण्ड, सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरिरहेकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ ले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेका छन्।

तत्कालीन नेकपा नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा नेकपा प्रवक्ता प्रकाण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेका हुन्।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो। प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २,’ उनले तस्बिरसँगै लेखेका छन्। भेटमा भएको छलफलबारे भने केही खुलाइएको छैन।

गत फागुन २० गते ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएको थियो। त्यसको १ दिनपछि समारोह आयोजना गरी सरकारले सहमति सार्वजनिक गरेको थियो।

सरकारसँग भएको सम्झौतासँगै सशस्त्र संघर्ष छाडेर ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मूलधारको राजनीतिमा आएको हाे।

 

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्