Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन ओली जुम्ला जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरुले भेटेको छ ।

बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित विष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेटेका हुन् ।

सो समूहसहित अन्य व्यक्तिहरूलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिञ्जामा आमसभा आयोजना गरेको छ ।पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैँ जुम्ला जाने भएका छन् ।

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्