Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँबाट शासन गर्नेहरुले मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् : राजेन्द्र महतो

लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशलाई काठमाडौंबाट शासन गर्ने शासकहरुले अझै पनि स्वीकार गर्न नसकेको बताए छन् ।

मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको बताए । नेता महतोले भने, ‘काठमाडौँबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् ।’

खसवादी शासकले ढाका टोपीमा मात्र राष्ट्रवाद देख्ने गरेको भन्दै धोती कुर्तामा राष्ट्रवादी नदेख्ने गरेको उनको भना भनाइ छ । महतोले भने, ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् ।’

त्यस्तै मधेस प्रदेशका प्रदेशसभा सदस्य परमेश्वर साहले आफूहरुको भूमिका प्रदेशसभामा रहेकाले कानून निर्माणका हामीले विशेष ध्यान दिने बताए । यो ४ वर्षको अवधिमा थुप्रै कानूनहरु निर्माण गरिएको गर्दै प्रदेशसभा सदस्य साहले आउने दिनमा कानून कार्यान्वयनपछि परिवर्तन देखिने बताए ।

मधेस सरकारले संचालनमा ल्याएको ‘बेटी पढाऊ​, बेटी बचाऊ’ अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको साहले बताए । निष्पक्ष छानविनका लागि मुख्यमन्त्री लालबाबु राउतलाई मार्ग प्रशस्त गरेर सहयोग गर्न पटक पटक आग्रह गरेको उनले बताए ।

अख्तियारले छापा मारेको महिनौं बितिसक्दा पनि छानविनको प्रतिवेदन सार्वजनिक नगरिएकोमा उनले प्रश्न उठाएका थिए ।

 

 

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्