Logo
५ जेष्ठ २०८१, शनिबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेलाई कसैको बैसाखी टेक्नु पर्दैन!एक्लै ७० प्रतिशत स्थानीय तह जित्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा एमाले एक्लै लड्ने बताएका छन् । आज मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानिय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका हुन् ।

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अ‍ोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’

ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै कम्युनिष्टका नाममा रहेका पार्टीहरुको नामप्रति पनि कटाक्ष समेत गरे । ओलीले भने ‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’

त्यस्तै ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिएका छन् । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाएका छन् ।

‘नेकपा एमालेले कसरी जित्न सक्छ रु प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ रु कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने रु भनेर’, ओलीले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे ?माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’ कम्युनिस्ट एकता बेकारको कुरा भएको पनि उनले बताए ।

आलीले यस्ता जिस्क्याउने काम नगर्न नेताहरुलाई चेतवानी समेत दिएका छन् । उनले ५ दललाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको पनि बताए ।

उनले ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको दावी गरे ।ओलीले प्रश्न गर्दै भने ‘कम्युनिस्ट सरकार ढाल्ने, फुटाउने प्रतिकृयावादीका पछि लाग्ने तलुवा चाट्ने र प्रसाद खानेलाई कम्युनिस्ट के को हुने ? ’

 

 

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्