Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

साउदी अरब र नेपालबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता )पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।

दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्