Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवाता गर्ने

नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल आउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवाता आज गर्दै छन् ।

साथै आजै परराष्ट्रमन्त्री डा। नारायण खड्काले राजकुमार फैसलसँग भेटवार्ता गर्नेछन् ।भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज दिनेछन् । आजै अपराह्न राजकुमार फैसल बिन फहरान अल नेतृत्वको टोली स्वदेश फर्किने जनाइएको छ ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री फैसल निजी विमान मार्फत सोमबार नेपाल आएका थिए ।

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्