Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहमा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न उपेन्द्र यादवको निर्देशन

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सोमबार बसेको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्न अध्यक्ष यादवले निर्देशन दिएका हुन् ।

‘प्रत्येक केन्द्रीय सदस्यहरु एउटा पालिकामा, नगर, महानगरमा निर्वाचन अभियन्ताको रुपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरु, प्रदेशका साथीहरु, जिल्लाका साथीहरु, गाउँ, नगर, वडा लगायत पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरुसँग समन्वय गरेर अभियान चलाऔँ, अध्यक्ष यादवले भने, यसरी गयौँ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौँ । आफूले जिम्मा लिएको पालिकालाई जिताउन भरपुर प्रयास गरौँ ।

प्रत्येक केन्द्रीय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने यादवले बताए ।

उनले गाउँ, नगर, वडा लगायत पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

वैशाख ३० गतेसम्मका लागि उक्त अभियान गर्ने र त्यसपछि फेरि नयाँ निर्णय गर्ने भन्दै उनले पार्टीलाई स्थापित गर्नका लागि पनि स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्