Logo
५ जेष्ठ २०८१, शनिबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा केन्द्रीय समितिको बैठक जारी, अधिवेशन र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति दोस्रो दिनको बैठक अहिले बसिरहेको छ ।

कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए ।

छलफलपश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ । यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।

सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो ।

 

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्