Logo
५ जेष्ठ २०८१, शनिबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाश सपुतको गीतबारे प्रचण्डको प्रतिक्रिया : ‘तर्क वितर्क हुन्छन्, त्यसलाई स्वभाविकरुपले लिनुपर्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित र विचलित हुनु नपर्ने बताएका छन् ।

सुदूरपश्चिममा आज (सोमबार) बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले जनयुद्धबारे सयौँ वर्षसम्म बहस भइरहने हुँदा ‘पिर’ गीतबाट कोही पनि उत्तेजित र विचलित हुनु नपर्ने बताएका हुन् ।

प्रचण्डले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौँ वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुन नपर्ने बताए ।

“तर्क वितर्क हुन्छन्, त्यसलाई स्वभाविकरुपले लिनुपर्छ,” प्रचण्डले भने ।उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनु नपर्ने बताए ।

 

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्