Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरबका विदेशमन्त्री राजकुमार आज नेपाल आउँदै

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग चैत १ गते बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्