Logo
२३ बैशाख २०८१, आईतबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले बोलायो छलफलका लागि १७ राजनीतिक दललाई

निर्वाचन आयोगले १७ राजनीतिक दलका प्रतिनिधिलाई स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज छलफल गर्नका लागि बोलाएको छ ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन भनेको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाइएको हो ।

आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिनेछ ।आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्