Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि १२ जनाको उम्मेदवारी स्वीकृत

हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ । छनोट समितिको बुधवार बसेको बैठकले प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय गरेको हो ।

समितिले भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादवलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ ।

यस्तै नवीनकुमार कर्ण, वसन्तकुमार पाण्डे, भूपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङ पनि अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवार हुन् । अन्तर्वार्ताको समय तालिका पछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्