Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार बढेको सुनको मूल्य आज तोलामा ३५ सयले घट्यो

बजारमा तगातार बढिरेहेको सुनको मूल्य आज तोलमा ३५ सयले घटेको छ । हिजो बुधबार सुनको मूल्य बढेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको थियो आज भने सुनको मूल्य ३५ सयले घटेको छ ।
बजारमा आज सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेकोथियो ।

रुस-युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ ।महासंघमा पूर्व अध्यक्ष तेजरत्न शाक्यले अनुसार युद्धको असर अझै पनि सुनमा पर्ने सम्भावना रहेकाले भाउ बढ्न सक्ने अनुमान गरिएको बताए । तर, अन्तर्राष्ट्रिय बजार मूल्यमा नै भर पर्नु पर्ने अवस्था रहेकाले भाउ बारे यसै भन्न नसकिनेउनले भने।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्