Logo
२३ बैशाख २०८१, आईतबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको प्रभाव बढ्दै गएकोले ओली आत्तिएर एमालेविरुद्ध षड्यन्त्र भयो भन्न थाले : महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीलाई कांग्रेसको प्रभाव बढ्दै गएको महसुस  हुन थालेकाले महतले ओली आत्तिएर एमालेविरुद्ध षड्यन्त्र भयो भन्न थाले बताएका छन् ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले ओली कांग्रेसको प्रभाव बढ्दै गएको महसुस  हुन थालेकाले महतले ओली आत्तिएर एमालेविरुद्ध षड्यन्त्र भयो भन्न थालेको बताएका हुन् ।

नेपाली कांग्रेसले आगामी फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ भन्ने अभियान सञ्चालन गर्दैछ ।  सोही अभियानबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

अभियानबारे जानकारी दिँदै महतले पार्टीले सबै कार्यकर्तालाई स्थानीय निर्वाचनको अभियानमा जिम्मेवारी दिने बताए । उनले चुनावमा गठबन्धन हुनेरनहुनेबारे अहिले नै बहस गर्न आवश्यक नभएको पनि बताए ।

सो कार्यक्रममा बोल्दै उपसभापति पूर्णबहादुर खड्काले चुनावी गठबन्धनबारे काँग्रेसको केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समिति बैठकले निर्णय लिने बताए ।

‘अहिले हामी गठबन्धनबारे कुनै बहस गर्दैनौँ । काँग्रेसले एक ढिक्का भएर गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्छ,’ उनले भने, ‘गठबन्धनबारे को नेताले के बोले भन्ने विषयमा चर्चा गर्न आवश्यक छैन । कांग्रेसले संस्थागत निर्णय निर्णय गरेर मात्र यसबारे बोल्छ ।’ उनले केही दिनमा नै भंग गरिएका भातृ संस्थाको नयाँ कमिटी चयन हुने पनि जानकारी दिए ।

यता महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर-घरमा जाने बताए ।

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्