Logo
१५ बैशाख २०८१, शनिबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी नेपाल हितमा रहेकाले अर्थतन्त्रमा पनि सहयोग पुर्‍याउँछ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसीले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका-३१ को शंखमुलमा बुधवार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन्।  साथै सिंहले कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको बताएका छन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर काँग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने।

सिंहले एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरेको दाबी गरे । उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे।

‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’ सिंहले भने, ‘राष्ट्रघाती भए सङ्घीय सांसदबाट पास हुन्थ्यो त ? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने रु यसरी त मिल्दैन नि।’

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो-प्यासिफिक रणनीतिसँग जोडेको प्रति आपत्ति जनाए। नेपाल अमेरिकी एक्सिसमा गएको र असंलग्न नीति विर्सिएको भनेका छन् तर त्यस्तो विल्कुलै नभएको र यो परराष्ट्र नीति असंलग्न नीतिमा नै आधारित रहेको बताएका छन् ।

एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अङ्ग बन्यो भनेर भ्रम छरेको प्रति सिंहले आपत्ति जनाएका छन् । नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताहरूले नागरिकको घर–घरमा पुगेर वास्तविकता बुझाउँदै काँग्रेस लाई मत दिन काँग्रेस लाई जिताउन लाग्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्