Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन बढ्यो तोलामा २५ सय

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एकैदिन तोलामा २ हजार ५सयले बढेको छ । बजारमा आज सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ बताएको छ ।

एकै दिन उच्च मूल्यले बढ्दै छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि, गत वर्ष २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुन फेरी बढेर १ लाख ५ हजारभन्दा बढी पुगेको हो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो ।

रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउमा पर्न लागेको संकेत देखिएको छ ।

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्