Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल युक्रेनको पक्षमा परराष्ट्र नीतिअनुसार नै उभिएको छ : परराष्ट्रमन्त्री

रुसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लागेको नभएको पराष्ट्र मन्त्री नारायण खड्काले स्पष्टिकरण दिएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बताए ।

उनले भने, ‘यो साना मुलुकको सार्वभौमिकता, मानवअधिकार र शान्तिपूर्ण सहअस्तित्वको विषय हो । संयुक्त राष्ट्र सङ्घको बडापत्र अनुसार हामीले गरेको हो। यो कुनै गुटमा लागेको होइन।’

त्यही बडापत्रको आधारमा परराष्ट्रले विज्ञप्ति जारी गरेको र राष्ट्र सङ्घमा मतदान गरेको उनले बताए।युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको उनले जानकारी दिए।

प्रकाशित मिति: Mar 7, 2022

प्रतिक्रिया दिनुहोस्