Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन २ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख नाघ्यो

आज नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य तोलामा २ हजारले बढेको छ । तोलामा २ हजार एकैदिन बढेसँगै आज सुनको मूल्य १ लाख एक हजार ९ सयले पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला  ९९ हजार ४०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजार मूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताए । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९७० डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Mar 6, 2022

प्रतिक्रिया दिनुहोस्