Logo
३० बैशाख २०८१, आईतबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पेट्रोलियम पदार्थमा फेरि प्रतिलिटर ५ रुपैयाँले मूल्य वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले गएरातिबाट लागू हुनेगरि डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।यो अहिलेसम्मकै उच्च मूल्य वृद्धि भएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैया ३४ पैसा घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह–प्रवक्ता पुष्कर कार्कीले बताए ।

फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्