Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

संसदबाट एमसीसी पारित भएपछि पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताएका छन् ।विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताएका छन् ।

उनले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरे । नेपालको संसदबाट एमसीसी पारित भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।

 

 

प्रकाशित मिति: Mar 2, 2022

प्रतिक्रिया दिनुहोस्