Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकले ८ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले भोलि मंगलबार ८ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिनका लागि ५ करोड र ९१ दिनका लागि ३ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यक्तिगत लगानीकर्ता तथा संस्थाहरुलाई बिल खरिदका लागि बैंकले आह्वान गरेको छ ।

इच्छुक लगानीकर्ताहरूले आज अर्थात् सोमबार दिउँसो ३ बजेसम्म बिल खरिदका लागि दरखास्त हाल्ने सक्नेछन् ।खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलका लागि अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मकबाटै र १५ प्रतिशत भने विना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति: Feb 28, 2022

प्रतिक्रिया दिनुहोस्