Logo
१६ बैशाख २०८१, आईतबार
(February 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशको अधिकांश स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परिरहेको छ।

आज  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहनेछ।

यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेश प्रदेश बाहेक अन्य सबै प्रदेशमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज शुक्रबार राति सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Feb 25, 2022

प्रतिक्रिया दिनुहोस्