Logo
१५ बैशाख २०८१, शनिबार
(February 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीमा हाम्रा केही असहमति छन् तर संसदमै छलफल हुन्छ : झाँक्री

 सहरी विकासमन्त्री नेतृ रामकुमारी झाँक्रीले एमसीसीमा आफूहरुको असहमति भएपनि अब संसदमा नै छलफल हुने बताएकी छन् ।

संसद् बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले एमसीसीमा केही असहमति भएपनि अब त्यो सबै विषय संसदमा आएको प्रतिक्रिया दिइन् ।

‘एमसीसीमा हाम्रा केही असहमति छन् ’ झाँक्रीले भनिन्, ‘त्यसलाई संशोधन गर्न सक्ने उपयुक्त थलो संसद् पनि हो । त्यही अनुसार एकीकृत समाजवादी टेबुल गर्न तयार भएको हो ।’

के संशोधन गर्ने भन्नेबारे अब सांसदकै हातमा आएको उनको भनाइ छ। झाँक्रीले भनिन्, ‘के कुरा संशोधन गर्ने भन्ने कुरा सांसदकै हातमा आएको छ ।

प्रकाशित मिति: Feb 20, 2022

प्रतिक्रिया दिनुहोस्