Logo
१६ बैशाख २०८१, आईतबार
(February 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु

छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु भएको छ ।पहिलो चरणमा ११ वटा जिल्लामा ५८ सिटको लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

५८ जना विधान सभा सदस्यको लागि ६ सय २३ जनाले उम्मेदवारी दिएका छन् । पहिलो चरणमा आज पश्चिमी उत्तर प्रदेशका दुई करोड २८ लाख मतदाताले मतदान गर्ने बीबीसी हिन्दीले जनाएको छ ।

जाट वेल्टको रुपमा चिनिने पश्चिमी उत्तर प्रदेशमा भारतीय जनता पार्टीले जाट समुदायका १७ जनालाई उम्मेदवार बनाएको छ ।
यस्तै, समाजवादी पार्टीले १२ तथा राष्ट्रिय लोक दल आरएलडीले ६ जना जाट समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन् ।

यो चुनावमा समाजवादी पार्टी र आरएलडीले गठबन्धन गरेका छन् । सन् २०१७ मा भएको विधान सभा चुनावमा पश्चिमी उत्तर प्रदेशका ५८ सिटमध्ये ५३ सिटमा भारतीय जनता पार्टीले जितेको थियो ।

तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले किसान आन्दोलनमा दमन गरेको, दलित र अल्पसङ्ख्यकलाई बेवास्ता गरेको, जातीय र धार्मिक राजनीति लागायतका कारण यसपटक भारतीय जनता पार्टीको मत घट्न सक्ने आकलन गरिएको खबरमा उल्लेख छ ।

 

प्रकाशित मिति: Feb 10, 2022

प्रतिक्रिया दिनुहोस्