Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने ठोस निर्णय गर्न छलफल

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्ने ठोस निर्णय गर्न छलफल जारी रहेको छ ।

प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल भइरहेको भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिएका छन् ।

बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् ।यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले एउटा निर्णय गर्नेछ ।

प्रकाशित मिति: Feb 4, 2022

प्रतिक्रिया दिनुहोस्