Logo
१६ बैशाख २०८१, आईतबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको कारण मौसम बद्ली भइ वर्षा र हिमपात हुन लागेको हो ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताएकी छन् ।

उनका अनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाडौंमा बेलुका पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताइन् ।

आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ ।भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्