Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति क्षेत्रका अव्यवस्थित घर टहरा हटाउन विकास कोषको निर्देशन

पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित घर टहरा हटाउन निर्देशन दिएको छ । पशुपति क्षेत्र विकास कोषले कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल तथा टहरा हटाउने भएको हो ।

कोषले १९ गते बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ । यसका लगि कोषले १५ दिनको समय दिएको छ ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्रमा कोषको अनुमति नलिई बनाइएका अव्यवस्थित छाप्रा तथा टहराहरु भत्काउन सूचनामा भनिएको छ ।

पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् ।

 

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्