Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै पनि हालतमा सत्तारुढ गठबन्धन टुट्न नदिने प्रतिबद्धता

स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीरूबीच भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको हो ।

सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्