Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने : ‘पाँच दलीय गठबन्धनले देशलाई अराजकता र बेथितितर्फ धकेल्यो ‘

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय सचिवालयको बुधबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताएका हुन् ।

उनले भने, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’ साथै जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको ओलीको भनाइ छ ।

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्