Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब बस्ने कार्यसम्पादन समिति बैठकमा सरकारको समीक्षा गर्छौँ : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन समिति बैठकमा सरकारको समीक्षा हुने बताएका छन् ।

बुधबार महामन्त्री शर्माले पार्टीको अब बस्ने  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशा निर्देश गर्ने पनि बताए ।

‘काँग्रेस निर्वाचनतर्फ जाँदै गर्दा दुई कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरीतका गतिविधि, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको कार्यसम्पादनबारे व्याख्या हुन्छ । हामी आफैँ पनि समीक्षा गरेर जान्छौँ । यसबीचमा जे कमजोरी सरकारको भएका छन् त्यसलाई कसरी सुधार्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुपर्‍यो भनेर भन्छ, महामन्त्री शर्माले भने ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने महामन्त्री शर्माको भनाइ थियो ।

यस्तै जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने पनि उनले बताएका थिए  ।

कोरोनाविरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने शर्माले बताए ।

 

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्