Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले भने : ‘मिडियामा आएका समाचारमा कुनै सत्यता छैन, गठबन्धन कुनै हालतमा टुट्दैन’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् । साथै नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने बताए ।

नेपालले भने, ‘अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी छैन । भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने कुरा भएको छ ।’

उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । ‘जेठमा स्थानीय चुनाव हुँदैछ । गठबन्धन एकढिक्का भएर जानेछ । कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन’, उनले भने ।

राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनको जितको क्रम सुरू भएको बताए । देश अब गठबन्धनको राजनीतिमा गइसकेकाले सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने नेपालको भनाइ छ ।

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्