Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय चुनावको मितिलाई लिएर असन्तुष्ट रहेका नेपाललाई भेट्न पुगे गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाण र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भइरहेका बेला आज बिहान गृहमन्त्री खाण र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

गृहमन्त्री खाण साढे १० बजे नेपाल निवास कोटेश्वर पुगेका सवा ११ बजे बाहिरिएका थिए । एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रैबाट सहयोग पाएका छैनन् ।

यसअघि शीर्ष तहमा एमसीसी संसदबाट संकल्प प्रस्तावसहित पारित गर्ने समझदारी भए पनि माओवादी र नेकपा एसभित्र विरोध छ । प्रचण्ड र माधव नेपालले १० दिन समय मागेकामा अब एक साता बाँकी छ ।

प्रधानमन्त्रीले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी पारित गर्न खोजेका छन् । सत्ता गठबन्धनका नेता मनाउनेक्रममा खाणलाई कोटश्वर पठाएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा स्थानीय चुनावको मिति जेठ ४ मा तोकिएको विषयमा समेत छलफल भएको बताइएको छ । गठबन्धनमा सहमति नभइ जेठ ४ को मिति तोक्न लागिएकोमा समेत नेपाल असन्तुष्ट छन् ।

यसअघि प्रचण्डसँग छलफल गर्न देउवाले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री खाणलाई खुमलटार पठाएका थिए ।

 

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्