Logo
७ जेष्ठ २०८१, सोमबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर महानगरपालिकाले चारवटा रुटमा सिसिटिभी क्यामेरा राख्दै

ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाले चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्न लागेको हो ।

महानगरले स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडानलाई सँगसँगै अघि बढाउने छ । महानगरले बाग्मती पुलबाट जावलाखेल-लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार-लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको ललितपुर मेयरका चिरिबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्