Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ अर्व ४० करोड हिनामिना गरेको अभियोगमा स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता हुने भएको छ ।

जनताका लागि करिद तथा अनुदानमा ल्याइएको २४ लाख डोज कोरोना खोप हिनामिना गरी हराएको बहाना बनाएको तथ्यसहित स्वास्थ्यमन्त्री खतिवडाबिरुद्ध भोली मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता हुन लागेको हो ।

राष्ट्रिय युवा संघ नेपालले आफ्नो अनुसन्धानपछि मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र बच्न हराएको नाटक गरेको पाइएपछि मंगलवार अख्तियारमा लिखित उजुरी दर्ता गर्न लागेको हो ।

संघका नवौं महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले सवै तथ्यले २४ लाख खोप घोटाला काण्डमा मन्त्रीको प्रत्यक्ष संलग्नता देखिएकोले अख्तियारमा उजुरी दर्ता गर्न लागेको बताए ।

युवा संघका संयोजक पौडेलले भने, ‘हाम्रो अनुसन्धानले मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र हराएको भनेर जनतालाई झुक्याउने काम भएकोले उजुरी दिन लागेको पोखरेलको भनाई छ ।स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयको नेतृत्व गरेपछि कोभिड-१९ बिरुद्धको २४ लाख डोज भ्याक्सिन गायव पारेर राज्यकोषको २ अर्व ४० करोड रकम हिनामिना गरेको तथ्य पाइएकाले अख्तियारमा मुद्धा दर्ता गर्न लागेका हौं ।’

युवा संघले यसअघि पनि यस्ता भ्रष्टाचारको बिषयमा आफै छानविन गरी अख्तियारमा उजुरी दर्ता गर्दै आएको छ । माओवादी लडाकू शिवरको घोटाला प्रकरणमा संघले नै लिखित उजुरी दिएपछि अख्तियारले छानविन अघि बढाएको थियो ।

तर दवावको भरमा सो भ्रष्टाचारको मुद्धा अहिलेसम्म अन्तिम रुप दिइएको छैन । जनताटाइम्स डटकम

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्