Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रयोगशालाहरुलाई संक्रमितको एकिन विवरण पठाउन स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालाहरुलाई कोरोना संक्रमितहरुको एकिन विवरण पठाउन अपिल गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरिएन्ट सहित कोभिड-१९ सङ्क्रमण बढिरहेकोले यसको व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिएको नतिजाको सम्पूर्ण विवरण सरकारी सम्वन्धीत निकायहरुलाई दिन अपिल गरेको हो ।

मन्त्रालयले विवरण पठाउनका लागि आवश्यक ढाँचासहितको पत्र प्रयोगशालाहरुलाई पठाएको छ । जानकारी नगराएका सङ्घ, संस्था, निकाय, नियोगहरुले परीक्षणको नतिजा [email protected] मा इमेल तथा कल सेन्टरको निः शुल्क नम्बरमा पनि पठाउन मन्त्रालयले अपिल गरेको छ ।

 

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्