Logo
२० बैशाख २०८१, बिहीबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले उत्पदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल फागुन ३ गतेदेखि २०७९ साल फागुन ३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएको छ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ गरी सो रहम लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते बेलुका ५ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्