Logo
५ जेष्ठ २०८१, शनिबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन नगर्ने भन्ने विषय लोकतान्त्रिक शासनको उपहास हो : नेपाल बार

नेपाल बार एसोसिएसनले कुनै आग्रह, पूर्वाग्रहका कारण निर्वाचन नगर्ने भन्ने विषय लोकतान्त्रिक शासनको उपहास हुने बताएको छ ।

नेपालको संविधानले स्थानीय तह, प्रदेश र सङ्घीय तहको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धी कानुनले नगरेको स्पष्ट पार्दै समयमै निर्वाचन गर्न आग्रह गरेको हो ।

बारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’

वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र संवर्द्धन हुने स्मरण गराउँदै बारले अहिले स्थानीय तह निर्वाचन सम्बन्धी सञ्चारमाध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्