Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालाजुको औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटले च्यापिएर एक जनाको मृत्यु

बागमति प्रदेश स्थित काठमाडौँको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर एक जना चालकको मृत्यु भएको छ ।

आज बिहान करिब ३ : ४५ बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएर उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्