Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै सप्तरीका प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै ज्ञापन पत्र पठाइएको छ ।

मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् ।

यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।

मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउन अनुरोध गरिएको छ ।

हामी लोकतन्त्रमा विश्वास गर्ने, बिमति राख्नेलाई सम्मानपूर्वक आफ्ना विचारलाई सही दिशामा अगाडि बढाउँदै जनमत निर्माण गरी आफू सही रहेको र बिमतिलाई सहमतिमा परिवर्तन गर्नेमा विश्वास गर्ने भएकोले राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने भएकाले आफ्नो जिम्मेवारी र जनताप्रतिको दायित्व सम्झी यो ज्ञापन बुझाइएको सभासद कर्णले बताएका छन् ।

५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने चेतवानी पूर्ण अधिव्यक्ति दिएकी थिइन् । अहिले उक्त अभिव्यक्तिको चौतर्फि विरोधका साथै राजीनामाको माग गरेका छन् ।

 

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्